युरोपियन क्लव फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा साविक विजेता रियल मड्रिडले नक आउट चरणमा प्रवेशको सम्भावना बलियो बनाएको छ।
बुधबार राति भएको खेलमा घरेलु मैदान एलियान्ज एरिनामा सुरुआती अग्रता लिएर पनि युभेन्टसले खेल आफ्नो पक्षमा पार्न सकेन। पहिलो हाफ गोलरहित बराबरी खेले पनि ६५औं मिनेटमा क्रिष्टियानो रोनाल्डोले आफ्नो पूर्वक्लवबिरुद्ध उत्कृष्ट गोल गरेका थिए।
तर, खेलको अन्तिम पाँच मिनेट संहालिन नसक्दा युभेन्टसले समूहको दुई खेल अगावै नकआउट चरणमा पुग्ने अवसर गुमायो। युनाइटेडका लागि जुहान माटाले ८६औं मिनेटमा शानदार फ्रिकिक बराबरी गोल गरेका थिए। त्यसको तीन मिनेटपछि युभेन्टसले आत्मघाती गोल गर्न पुग्यो।
पाउल पोग्वाले प्रहार गरेको फ्रिकक युभेन्टसका एलेक्स सान्द्रोलाई छोएर गोल हुन पुगेको थियो। जितपछि समूह एचमा युनाइटेडको ७ अंक भएको छ भने शीर्ष स्थानमा युभेन्टसको ९ अंक छ। गएराति नै स्वीट्जरल्याण्डको योङ ब्वाइजलाई ३–१ गोलले हराएको भ्यालेन्सियाको ५ अंक छ।