शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आजदेखि लिगको अन्तिम चरणका खेल शुरुहुँदै छन्।
१४ टिम सहभागी प्रतियोगिता असोज १३ गतेदेखि शुरु भएको थियो। अहिलेसम्म १२ औं चरणका खेल सकिएका छन्।
११ औं चरणको खेलबाट ए डिभिजन लिगको उपाधि मनाङ मस्र्याङ्दी क्लबले जिते पनि १२ औं चरणको नतिजाले संकटा क्लब उपविजेता बनेको थियो।
आजदेखि शुरुहुने १३ औं चरणको नतिजाले तालिकाको तेस्रोदेखि पाँचौंसम्मको छिनोफानो लगाउने छ। आजका दुवै खेल एपीएफ मैदान हलचोकमा सञ्चालन हुने छन्।
विहान ११ बजे जावलाखेल युथ क्लब र च्यासल युथ क्लब भिड्ने छन्। जारी लिगमा च्यासल आठौं स्थानमा छ भने जावलाखेल दशौं स्थानमा रहेको छ।
यस्तै दिउँसो साढे २ बजे नेपाल पुलिस क्लब र सरस्वती युवा क्लब भिड्ने छन्।
छैटौं स्थानमा रहेको पुलिस विजयी भए पाँचौं स्थानमा उक्लने छ भने नवौं स्थानको सरस्वती विजयी भए आठौं स्थानमा पुग्ने छ।