स्पेनिस ‘कोपा डेल रे’ फुटबलको प्रि–क्वाटरफाइनल अन्तर्गत पहिलो लेगको खेलमा बार्सिलोना पराजित भएको छ। लेभान्तेले बार्सिलोनामाथि २–१ को जित निकाल्न सफल भयो।
लेभान्तेको जितमा एरिक काबाको र बोर्या मेयोरलले एक–एक गोल गरेका थिए। बार्साका कौटिन्होले पेनाल्टीमार्फत एक गोल फर्काएका थिए। हारसँगै दोस्रो लेगको खेलअघि बार्सिलोना केही दबाबमा परेको छ।