प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिता २ दिन पर सरेकाे छ। सवै तयारी पुरा भए पनि मौसमको प्रतिकूलताका कारण माघ २८ गतेदेखि सुरु हुने भएको छ।
प्रतियोगिताको उद्घाटन भने पूर्वनिर्धारित समय शनिबार स्थानीय एक होटलमा गर्न लागिएको आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुभाष शाहीले जानकारी दिए। सोमबार उद्घाटन खेल धनगढी स्टार्स र विराटनगर किंग्सबीच हुने छ।
प्रतियोगिताको ट्रफी शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ।