इंग्लिस फुटबल क्लबहरु चेल्सी र आर्सनल युरोपा लिग फुटबलको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन्।
गएराति भएको राउण्ड अफ सिक्सटिनको दोस्रो लेगको खेलमा चेल्सीले स्विडेनको माल्मो फुटबल क्लबलाई ३–० ले हरायो। पहिलो लेगको खेल २–१ ले जितेको चेल्सी समग्रमा ५–१ को परिणाम निकाल्दै अन्तिम १६ मा प्रवेश गरेको हो।
गएराति भएको अर्को खेलमा आर्सनलले रोमानियाको बाते बोरिसोभलाई ३–० ले हरायो। पहिलो लेगको खेल १–० ले हारेको आर्सनल समग्रमा भने ३–१ ले विजयी भयो।
युरोप लिगका अन्य खेलहरुमा विजयी हुँदै स्पेनका सेभिया, भ्यालेन्सिया र भियारियाल, ईटालीका ईन्टर मिलान र नापोली, पोर्चुगलको बेनिफिका र युक्रेनको डाईनामो किभ पनि राउण्ड अफ सिक्सटिनमा प्रवेश गरेका छन्।