काठमाडौं गोल्डेन्सले धनगढी प्रिमियर लिग क्रिकेट डीपीएल बहिष्कार गरेको छ। गोल्डेन्स र महेन्द्रनगर युनाइटेडबीच आज फाइनल प्रवेशका लागि खेल हुँदै थियो। तर काठमाडौंको टोली मैदान नगएर होटल जलसामा रहेको छ।
भारतीय खेलाडी अकिंत दवासमाथि बलिङमा प्रतिवन्ध लगाएको कारण आफुहरु डिपिएलको क्वालिफायर नखेल्ने काठमाडौं गोल्डेन्सका मालिक रमेश शिलवालले जानकारी दिए। पहिलो क्वालीफायर्समा अत्तरियासँग काठमाडौं पराजित भएको थियो।
उक्त दिन उनै सिलवालले आजको खेलमा नतिजा अफूअनुकुल नआए अर्को मौका रहेको अभिव्यक्ति दिएका थिए। तर विहीबार अंकित दबासको बलिङ एक्सनमा प्रतिबन्धमा परे पछि काठमाडौंले खेल बहिष्कार गरेको हो। काठमाडौंबाट खेलि रहेका दवासले जारी डिपिएलमा ५ खेलमा १ सय ५३ रन बनाउनुको साथै ६ विकेट लिएका छन्।