इंग्लिस प्रिमियर लिग फुटबलमा वाट्फोर्ड र वेष्ट ह्याम युनाईटेड विजयी भएका छन्।
गएराति भएको खेलमा वाट्फोर्डले कार्डिफ सिटीलाई उसैको मैदानमा ५–१ ले हरायो। खेलमा वाट्फोर्डलाई विजयी गराउन जेरार्ड डेलोफुले ह्याट्रिक गर्दा ट्रोए डिनीले दुई गोल गरे। कार्डिफका सोल बाम्बाले एक सान्तोना गोल फर्काए।
गएराति नै भएको अर्को खेलमा वेष्टह्याम युनाईटेडले फुल्हमलाई ३–१ ले हरायो। वेष्टह्यामको जितमा चिचारिटो, इसा डियोप र मिचेल एन्टोनियोको एक–एक गोल सामेल थियो। पराजित टोली फुल्हमका रायन बाबलले एक गोल फर्काए।
गएरातिका खेलहरुपछि प्रिमियर लिग फुटबलको अंक तालिकामा २७ खेलबाट ४० अंक जोडेको वाट्फोर्ड सातौं स्थानमा उक्लिएको छ भने ३६ अंक जोडेको वेष्टह्याम युनाईटेड नवौं स्थानमा छ। ६५ अंकसहित म्यान्चेस्टर सिटी शीर्ष स्थानमा रहँदा एक खेल कम खेलेको लिभरपुल समान ६५ अंकका साथ दोस्रो स्थानमा छ।