धनगढी प्रिमियर लिग क्रिकेट डीपीएलकाे उपाधिका लागि आज महेन्द्रनगर युनाईटेड र सिवाइसी अत्तरिया भिड्दैछन्।
फाप्ला क्रिकेट मैदानमा हुने फाइनल खेल मध्यान्ह साढे १२ बजेदेखि शुरु हुनेछ।
शरद भेषावकरको कप्तानीमा रहेको महेन्द्रनगर र दिपेन्द्र सिंह ऐरीको अत्तरिया उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छन्। पहिलो पटक डीपीएलको फाइनल पुगेका दुवै टोली पहिलो पटक उपाधि जित्ने लक्ष्यमा हुनेछन्।
काठमाडौंलाई हराएर फाइनल पुगेको अत्तरिया जारी प्रतियोगिताकै सर्वाधिक बलियो टिम देखिएको छ। महेन्द्रनगरविरुद्ध अत्तरिया त्यहिँ प्रदर्शनलाई कायम राख्दै पहिलो पटक डीपीएलको ट्रफी उचाल्न चाहन्छ।
महेन्द्रनगर दोस्रो क्वालिफायर्समा काठमाडौं गोल्डेन्सबाट वाक ओभर पाएर फाइनलमा पुगेको हो। आफ्ना खेलाडीलाई कारबाही गरेको भन्दै काठमाडौंले खेल बहिस्कार गरेपछि महेन्द्रनगर र अत्तरियाकाे भेट पक्का गरेकाे हाे।
समूह चरणमा अत्तरिया महेन्द्रनगरसंग ७ विकेटले पराजित भएको थियो। विजेताले ट्रफीसहित ३० लाख नगद पुरस्कार पाउनेछन् । यस्तै उपविजेताले १२ लाख, तेस्रो हुनेले ४ लाख र चौथो हुने टोलीले २ लाख नगद पुरस्कार पाउने छन्।