धनगढी प्रिमियर लिगको उपाधिका लागि महेन्द्रनगर युनाइेटडले सिवाइसी अत्तरीयालाई १ सय २४ रनको लक्ष्य दिएको छ।
फाप्ला मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको महेन्द्रनगरले २० ओभरमा गुमाउँदै एक सय २३ रनमा अलआउट भयो । उसले सुरुवात भने राम्रो हुन सकेन । उसले ११ रन बनाउदा पहिलो विकेट गुमायो । ओपनर मोहम्मद नाभिद १० रनमा आउट भए । त्यसपछि उसले १४ रनमा दोस्रो विकेट खेर फाल्यो । जसमा सब्रमनियम आनन्द मात्र दुई रनमा पेभेलियन फर्किए । त्यसपछि उसले ४२ रन बनाउदा थप दुई विकेट गुमायो ।
जसमा आरिफ शेख ११ रनमा आउट भए भने कप्तान शरद भेषवाकरले खाता खोल्न सकेनन् । त्यसपछि दिलीप नाथ र कुशल मल्लले पाँचौ विकेटका लागि ५१ रनको साझेदारी गर्दै टिमको पारी सम्हाले । कुशल ब्यक्तिगत २५ रनमा आउट भएपछि महेन्द्रनगरले ९३ रनमा पाँचौ विकेट झर्यो । त्यसपछि राम्रो ब्याटिङ गरिरहेका दिलीप नाथ ४३ रनमा आउट भएपछि महेन्द्रनगरले ९७ रनमा छैटौं विकेट खेर फाल्यो ।
महेन्द्रनगरको स्कोर एक सय सात रन हुँदा अमरसिंह रौटेला मात्र एक रनमा सातौ विकेटका रुपमा आउट भए । लगत्तै उसले स्कोरबोर्डमा अरु सात रन जोड्दा थप एक विकेट गुमायो । अभिनाश बोहोरा खाता खोल्न नपाउँदै आउट भए । उसका रोहितकुमार पौडेलले २४ रन बनाए । बलिङमा दिपेन्द्र राउत र दिपेन्द्रन ऐरीले दुई दुई विकेट लिए ।