स्पेनिस लिग फुटबलमा शीर्ष स्थानको बार्सिलोनाले सहज जित निकालेको छ।
गएराति भएको खेलमा बार्सिलोनाले सेभियालाई ४–२ ले पराजित ग¥यो। बार्साको जितमा अर्जेन्टाईनी स्ट्राईकर लियोनल मेस्सीले ह्याट्रिक गर्दा लुइस सुवारेजले एक गोल थपे।
मेस्सीको करियरकै यो ५० औं ह्याट्रिक थियो। पराजित टोली सेभियाका लागि जिसस नाभस र ग्याब्रिएल मर्काडोले एक–एक गोल गरे।
ला लिगाका अन्य खेलमा गेटाफेले रायो भायकानोलाई २–१ ले हराउँदा एथ्लेटिक बिल्बाओले आइबारलाई १–० ले पराजित ग¥यो।
गएरातिको जितसँगै बार्सिलोनाले स्पेनिस लिगको अंक तालिकामा १० अंकको अग्रता बनाएको छ। उसले २५ खेलबाट ५७ अंक जोडेको छ। दोस्रो स्थानको एट्लेटिको मड्रिडको ४७ अंक छ। एट्लेटिको मड्रिडले आज भियारियालसँग खेल्नेछ। आजै राति रियाल मड्रिडले लेभान्तेसँग खेल्नेछ।