चेल्सीलाई हराउँदै म्यान्चेस्टर सिटीले यस वर्षको कारावाओ कपकाे उपाधि जितेको छ।
गएराति भएको फाइनलमा चेल्सीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै म्यानचेष्टर सिटीले सिजनको पहिलो उपाधि उचालेको हो। निर्धारित र अतिरिक्त समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेल टाई ब्रेकरमा पुगेको थियो। जसमा म्यानचेष्टर सिटी ४–३ ले विजयी भयो।
चेल्सीका जोर्जिन्होको प्रहार सिटी गोलकिपर एडरसनले रोकेका थिए भने डेविड लुईजको प्रहार पोस्टमा लागेर विफल भएको थियो।