आठौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी सोमबारदेखि रामेछापको मन्थलीमा ३ नं प्रदेशस्तरीय पुरुष भलिबल खेलाडी छनौट प्रतियोगिता सुरु भएको छ।
३ नं प्रदेश खेलकुद परिषदद्धारा आयोजित प्रतियोगिताको उद्घाटन गर्दै पूर्ब युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले खेल क्षेत्रको विकासका लागि जस्तोसुकै सहयोग गर्न आफू तयार रहेको बताए।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख प्रेम खड्का, मन्थली नगरपालिकाका प्रमुख रमेश बस्नेत, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष पुरुषोत्तम कडरिया लगायतले खेलकुदको महत्वबारे चर्चा गरेका थिए।
प्रतिगिगिताको उद्घाटन खेलमा रामेछापले काठमाडौलाई २२˗२५,२५˗२१ र २५˗२० को सेटले पराजित गरेको छ।