आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लािग भएको प्रदेशस्तरीय महिला भलिवल छनौट प्रतियोगितामा महोत्तरी टिम विजयी भएको छ। जनकपुरमा जारी छनौट प्रतियोगितामा मंगलवार सर्लाही टिमलाई तीन शुन्यले पराजित गर्दै महोत्तरीको महिला टिम विजयी भएको हो।
माध्यमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति प्रदेश २ र धनुषा जिल्ला खेलकुद विकास समितिको संयुक्त आयोजनामा जनकपुरमा भएको प्रतियोगितामा महोत्तरीले बेस्ट ५ राउण्ड अन्तरगत लगातार तीन राउण्डमा प्रथम भएर उपाधि माथि कब्जा गरेको हो।
रौतहटलाई पराजित गर्दै सर्लाही छनौट प्रतियोगितामा महोत्तरीसंग प्रतिस्पर्धामा कमजोर प्रदर्शनका कारण पराजित भएको थियो। प्रतियोगितामा प्रदेश २ का सात जिल्लाको खेलाडी सहभागी थिए। प्रतियोगितामा महोत्तरी प्रथम, सर्लाही दोस्रो तथा सप्तरी र रौतहट तेस्रो भएका छन्।
प्रथम, द्धितिय र तितृय गरी तीन टिमको खेलाडीहरुलाई राष्ट्रीय खेलकुद परिषदको उप–र्निदेशक सुदेश रिमालले मेडल र प्रमाण–पत्र हस्तान्तरण गरेका थिए।