बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको फाइनलमा प्रवेश गरेको छ। गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा रियल मड्रिडलाई ३–० गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले फाइनलमा सुरक्षित गरेको हो।
लुइस स्वारेजले दुई गोल गरेपछि एल क्लासिको भिडन्तमा बार्सिलोनाले रियललाई उसैको मैदानमा हराएको हो। रियलका राफायल भरानेले आत्मघाती गोल गरेका थिए।
दोस्रो लेगको जितसंगै समग्रमा ४–१ को जितसहित बार्सिलोना उपाधि नजिक पुग्यो। दुई बीचको पहिलो लेग १–१ गोलको बराबरीमा सकिएको थियो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५० औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए। खेलको ६९ औं मिनेटमा भरानेले आत्मघाती गोल गर्दा बार्सिलोनाले अग्रता दोब्बर पारेको थियो।
खेलको ७३ औं मिनेटमा स्वारेजले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दा बार्सिलोना ३–० को सहज जित तर्फ अघि बढेको थियो। बार्सिलोनाले उपाधिका लागि भ्यालेन्सिया र रियल बेटिसबीचको विजेतासंग खेल्नेछ।