रुस्लान थ्री स्टार क्लबले १७ औं संस्करणको आहा–रारा गोल्डकपको उपाधि जितेको छ ।
आज भएको फाइनलमा विभागीय टिम आर्मी क्लबलाई सडन डेथमा ५-४ गोल अन्तरले पराजित गर्दै थ्री स्टारले उपाधि जितेको हो ।
उपाधिसंगै थ्री स्टारले ८ लाख नगद पुरस्कार प्राप्त गरेको छ । यो संगै थ्री स्टारले आहा–रारा गोल्डकपको उपाधि पाँचौ पटक जित्न सफल भएको छ । उपविजेता बनेको आर्मीले ४ लाख रुपैयाँ प्राप्त गर्यो ।
पोखरा रंगशालामा खेलको निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरी र अतिरिक्त समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाईब्रेकरबाट गरिएको थियो । टाईब्रेकरमा पनि ४(४ गोलको बराबरी भएपछि खेल सडनडेथमा पुगेको थियो । सडनडेथमा थ्री स्टारले ५(४ ले बाजी मार्यो ।