स्पेनिस क्लब बर्सिलोनाले रियल मड्रिडविरुद्ध एकै सातामा दोस्रो जित निकाल्न सफल भएको छ।
स्पेनिस ला लागि फुटबलको दोस्रो ‘एल क्लासिको’ खेलमा बार्सिलोनाले रियललाई १–० गोलले पराजित गरेको हो। बार्सिलोनालाई जित दिलाउन ईभान राकिटिकले निर्णायक गोल गरे। राकिटिकले खेलको २६ औं मिनेटमा गोल गरेका थिए। चार दिनपछिनै भएको दोस्रो ‘एल क्लासिको’ खेलमा रियल पुनः कमजोर भएको छ।
बार्सिलोनाले लिएको सुरुवाति अग्रतालाई बराबरीमा ल्याउन नसक्दा रियलले हार बेहोर्नुपरेको हो। गएरातिकाे खेलमा हार बेहोरेसँगै रियलको उपाधि सम्भावना कठिन बनेको छ। बार्सिलोनाले ला लिगामा १० अंकको अग्रता लिएको छ।