नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले एनसीसीएस सीप्यान वर्षको उत्कृष्ट क्रिकेट खेलाडीको अवार्ड जितेका छन्।
क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान)ले मंगलबार राजधानीमा आयोजना गरेको 'एनसीसीएस–सिप्यान क्रिकेट अवार्ड' कार्यक्रममा सन्दीप वर्षको उत्कृष्ट क्रिकेट खेलाडी घोषित भएका हुन्।
अवार्ड जित्न सन्दीपले मनोनयनमा परेका नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का, दीपेन्द्र सिंह ऐरी, करण केसी र सोमपाल कामीलाई पछि पारे।
सन्दपीले यो वर्ष अष्ट्रेलियाको बिग बास लिग, बंगलादेश प्रिमियर लिग, पाकिस्तानी लिगलगायतका क्रिकेट प्रतियोगिता खेलेका छन्। बिग बास लिगमा सन्दीपले उत्कृष्ट प्रदर्शन गरेका थिए।