नेपाल क्रेडिट एण्ड कर्मस बैंक (एनसीसी)ले नेपाली राष्ट्रिय क्रिकेट खेलाडी आरिफ शेख र रोहितकुमार पौडेललाई दुई बर्षका लागि ब्रान्ड एम्बेस्डर बनाएको छ ।
काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा बैंकले रोहित र आरिफलाई आफ्नो ब्रान्ड एम्बेस्डरमा नियुक्त गरेको हो ।दुबै खेलाडीलाई दुई बर्षसम्म बैकले मासिक २५ हजार रुपैयाँ प्रदान गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले जानकारी दिए ।रोहितको यो पहिलो अनुबन्ध हो भने यस अघि आरिफलाई एनआईसी बैंकले दुई वर्षकाे अनुबन्ध गरेको थियो ।अबदेखि दुबै खेलाडीले बैंकको प्रमोशन कार्यक्रममा सहयोग गर्नुपर्नेछ ।
बैंक सञ्चालक समितिका अध्यक्ष न्याैपानेले नेपाली क्रिकेट टिमका उदयमान खेलाडीद्वय आरिफ र राेहितलाई बैंककाे ब्राण्ड एम्ब्यासडरकाे रुपमा आवद्ध गराउन पाउँदा खुसी लागेकाे बताए ।यसैगरी प्रमुख प्रशिक्षक जगत टमाटाले बैंककाे याे कार्यले नेपाली क्रिकेटकाे विकासमा थप टेवा पुग्ने उल्लेख गरे ।
कार्यक्रममा बैककाे सञ्चालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्याैपाने, प्रमुख कार्यकारी अधिकृत अर्याल, नेपाली टिमका प्रमुख प्रशिक्षक जगत टमाटा र ब्राण्ड एम्ब्यास्डर आरिफ र राेहितले बैंककाे लाेगाे अंकित टी सर्ट सार्वजनिक गरेका थिए ।