झापा गोल्डकप फुटबलमा घरेलु टोली झापा ११ ले फाइनलमा स्थानमा सुरक्षित गरेको छ ।
झापाको डोमालाल राजवंशी रंगशालामा आज भएको खेलमा निर्धारित समयमा दुवै टिमले गोलरहित बराबरी खेलेपछि पेनाल्टी सुटआउटबाट खेलको नतिजा निकालिएको थियो । जसमा झापा ११ थ्रीस्टारविरुद्ध पेनाल्टी सुट आउटमा ३–१ गेल अन्तरले विजयी भएको हो । ट्राइब्रेकरमा सुरुआती २ प्रहार रोक्दै थ्रीस्टारका गोल किपर एलेन न्यौपानेले बचाएका थिए ।
झापाका कर्ण लिम्बु र हेमन गुरुङको प्रहार एलेनले बचाए । पुजन उपरकोटी र देबेन्द्र तामाङले गोल गरेका थिए । थ्रीस्टारका रञ्जित धिमालले गोल गर्दा बुद्ध चेम्जोङको प्रहार झापा ११का दिनेश थापा मगरले बचाएका थिए ।
यसैगरी रुपेश केसी र मिक्चेनको तामाङको प्रहार बाहिरिएको थियो । फाइनलमा झापा ११ ले दाउफिन्स र त्रिभुवन आर्मी विचको विजेतासँग खेल्नेछ ।