विराटनगरमा हुने साफ महिला च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको छ ।
अखिल नेपाल फुटवल संघ एन्फाको आयोजनामामा विराटनगर स्थित सहिद मैदनमा साफ महिला च्याम्पिसनसिप फुटबल प्रतियोगिता आयोजना हुन लागेको हो । त्यसका लागि विराटनगरको सहिद रंगशालाको मर्मत,चेन्जीङ रुम निर्माण लगायतको सम्पूर्ण काम सम्पन्न भएको छ । च्याम्पियनसिपका लागि सबै देशका खेलाडी विराटनगर आइपुगेको पनि एन्फाले जनाएको छ ।
काठमाडौं बाहिर पहिलो पटक हुन लागेकोे प्रतियोगिताको तयारी पुरा भएको एन्फा उपाध्यक्ष तथा खेल तयारी समितिका संयोजक पंकजविक्रम नेम्वाङले बताए ।
प्रतियोगितामा खेलाडी र प्रशिक्षकसहित दुई सयभन्दा बढी विदेशी पाहुना आउने छन । खेलाडीको अभ्यासका लागि डीपीएस मैदान, प्रहरी तालिम केन्द्रको मैदान र विराटनगर जुट मिलको मैदान स्तरोन्नति गरिएको छ । खेलाडी, अफिसियल, प्रशिक्षक तथा प्रतियोगितासँग सम्बन्धित व्यक्तिको बसोबासको लागि विराटनगरमा ५ वटा होटलको ब्यवस्था गरिएको छ ।
फागुन २८ गते हुने पहिलो उद्घाटन खेलमा आयोजक राष्ट्र नेपाल र भुटानबीच प्रतिस्पर्धा हुनेछ । नेपाल समूह ए मा छ । भुटान र बंगलादेश पनि समुह ए मा नै छन् । चारपटकको बिजेता भारतसहित श्रीलंका र माल्दिभ्स समूह बी मा छन् । अन्तिम समयमा पाकिस्तानले सहभागिता नजनाउने बताएको थियो ।
काठमाण्डौ बाहिर नेपालमै पहिलो पटक विराटनगरमा हुने पाँचौं साफ महिला च्याम्पियनशीप फुटबल प्रतियोगितामा सहभागि हुन विभिन्न देशका खेलाडी विराटनगर आईपुगेका छन । फागु्न २८ गतेदेखि चैत्र ८ सम्म हुने प्रतियोगितामा सहभागि हुन भारत, श्रीलंका, भुटान, मालदिम्स, र नेपालका खेलाडीहरु आईपुगेका हुन ।
विभिन्न मुलुकबाट नेपाल आएका बिदेशि खेलाडीहरुलाई आज विराटनगर विमानस्थलमा भव्य स्वागत गरिएको एन्फाका पदाधिकारीहरुले श्रीलंका , भारत, भुटान, बंगलादेश, माल्दीम्स, लगायतका देशका खेलाडिलाई फुलका माला लगाईदिएर स्वागत गरेका हुन ।
नेपाल मै पहिलो पटक त्यसमा पनि पुर्वको शहर विराटनगरमा हुने उक्त प्रतियोगिताका भव्य रुपमा सम्पन्न गर्ने तयारी पुराभएको एन्फाले जनाएको छ ।
प्रतियोगितामा अन्तर्राष्ट्रियस्तरबाट ३ सयभन्दा बढी प्रतिनिधि, खेलाडी तथा खेल प्रशंसकको प्रत्यक्ष उपस्थिति रहने आउने छ । अझै आउनेक्रम जारी छ । नेपाल, भारत, भुटान, बंगलादेश, मालद्विप्स र श्रीलंकाका राष्ट्रिय महिला फुटबल टिमको सहभागिता हुने छ