इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेकाे छ। ओले गुना सोल्सायरले प्रशिक्षण समालेपछि म्यान्चेस्टर युनाईटेडको यो पहिलो लिग हार हो। आइतबार राति भएको खेलमा आर्सनलले म्यान्चेस्टर युनाईटेडलाई २–० ले पाखा लगाएकाे हाे। आर्सनलको घरेलु मैदानमा भएको खेलमा ग्रानिट झाका र अलेक्जेण्डर लाकाजेट्ले एक एक गोल गरेका थिए।
प्रिमियर लिग फुटबलको अर्को खेलमा लिभरपुलले बर्न्लेलाई ४–२ ले हराएको छ। लिभरपुलको जितमा रोबर्टो फर्मिनो र सादियो मानेको दुई-दुई गोल गरेका थिए।गएरातिका खेलपछि प्रिमियर लिग फुटबलको अंक तालिकामा ३० खेलबाट ७४ अंक जोडेको म्यान्चेस्टर सिटी शीर्ष स्थानमा छ।
७३ अंकका साथ लिभरपुल दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको टोटनह्यामको ६१ अंक छ। ६० अंकसहित आर्सनल चौथो स्थानमा उक्लिँदा ५८ अंक जोडेको म्यान्चेस्टर युनाईटेड पाँचौ स्थानमा छ। एक खेल कम खेलेको चेल्सी भने ५७ अंकसहित छैटौं स्थानमा रहेको छ।