विराटनगरमा जारी पाँचौं साफ महिला च्याम्पियनसिपमा आज भारत र माल्दिभ्स भिड्दै छन्।
विराटनगरको शहीद रंगशालामा दिउँसो ३ बजेपछि शुरु हुने खेलमा उपाधि रक्षाको अभियानमा रहेको भारत सुखद् शुरुआत गर्ने पक्षमा रहेको छ।
माल्दिभ्सले अहिले सम्म महिला साफ च्याम्पियनमा फाइनल पुग्न सकेको छैन। उसले गत संस्करणमा सेमिफाइनलको यात्रा तय गरेको थियो।
मंगलबारदेखि शुरु भएको खेलमा नेपालले भुटानमाथि ३–० को फाराकिलो जित निकालेको थियो।