नेपालको सन्दर्भमा सम्वृद्धिको प्रमुख आधार भनेको कृषि, पर्यटन र जलस्रोत हुन्। यी तीनमध्ये पर्यटन क्षेत्र राज्यको न्यूूनतम लगानीमा निर्माण हुुने क्षेत्र हो। धेरै सम्भावना र सरल भएको पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर सरकारले काम गर्नु पर्ने हो। तर, सधै पर्यटन क्षेत्र सरकारबाट उपेक्षित हुँदै आएको छ।
पछिल्लो ५ वर्षको मन्त्रालयगत बजेटको तुलनात्मक अध्ययन गर्ने हो भने यो क्षेत्र सरकारको प्राथमिकतामा नपरेको प्रष्ट हुन्छ। वजेटमा प्राथमिकता नपारिएकै कारण राजनीतिक नेतृत्वले पनि पर्यटन मन्त्रालयलाई खासै महत्व राखेको देखिँदैन। विगत केही वर्षदेखि त नेतृत्व सम्हाल्न आएका अधिकांश मन्त्री यो क्षेत्रको सम्भावना र समस्याबारे जानकार भएको पाइँदैन।
सरकार फेरिए लगत्तै पर्यटन मन्त्रालयको नेतृत्व सम्हाल्न आउने हरेक मन्त्रीले दुई वाक्य कण्ठस्थ गरेर आउने गरेका छन्–यस क्षेत्रको पूर्वाधार विकास र प्रवद्र्धनमा जोड दिइनेछ। तर, पूर्वाधार विकास र प्रबद्र्धन कसरी गर्नुपर्छ भन्ने नबुुझी मन्त्रालयबाट मन्त्री बाहिरिने गरेका छन्।
के हो पूर्वाधार विकास ?
पर्यटन क्षेत्रको पूर्वाधार विकास बुझ्न नेपालको गौरव सगरमाथा पर्वतारोहण पदयात्रा हेर्दा थाहा हुन्छ। सगरमाथा क्षेत्रको पूर्वाधार के हो र त्यहाँ विकास गर्नुपर्ने कुरा के हो? गत महिना एउटा नेपाली टेलिभिजन च्यानलले सगरमाथाको आरोहण मार्गमा थुुप्रिएको फोहोरले यसको सौन्दर्य त घटाएको छ नै साथै वातावरणीय प्रतिकुलता समेत निम्ताएको बारे विश्लेषणात्मक सामग्री प्रसारण गरेको थियो। आधार शिविरमा थुुप्रिएको फोहोरको उचित व्यवस्थापन गर्नु नै यस क्षत्रको पूर्वाधार विकास हो।
साथै, हरेक वर्ष संसारभरका साहसिक पर्यटकहरु यस क्षेत्रको पदयात्रा तथा पर्वतारोहण गर्न धेरै धन खर्च गरेर आउने गर्दछन्। त्यसक्रममा मौसमका कारण यो क्षेत्रको हवाई यात्रा कुनैबेला हप्तौंसम्म अवरुद्ध हुने गर्दछ। यस्तो अबस्थामा कसरी सहजै उनीहरुलाई गन्तब्यमा पुर्याउन सकिन्छ भनेर समाधानका उपाय निकाल्नु यस क्षेत्रको पर्यटन पूर्वाधारको विकास गर्नु हो। समस्या सगरमाथा क्षेत्रको मात्र होइन, ४ वर्ष पहिले आफैंले भोगेको एउटा दृष्टान्त दिन चाहन्छु। त्यतिबेला मैले पूर्वी युरोपियन पर्यटकलाई अपि सैपाल हिमालको आधार शिविर हुँदै बाजुराको कोल्टी विमानस्थलसम्म पदयात्रा गराएको थिएँ। स्थानीयले त्यस क्षेत्रको वस्तुस्थितिका विषयमा जानकारी नदिएको मात्र होइन, पर्यटकका भरियाहरुलाई आवश्यक पर्ने स्थानीय तहमा उपलब्ध हुने खाना ,तरकारी, दाउरा साथै बाटोका बारेमा समेत जानकारी दिएका थिएनन्।
स्थानीयका यस्ता असहयोगी व्यवहारले पर्यटकको यात्रामा कठिनाइ आएको गुनासो सुन्नुपरेको थियो। मैले यो विषय किन जोडेको भन्दा अब सम्बन्धित निकायले यहाँको पर्यटन पूर्वाधार निर्माणका लागि यस्तो क्षेत्रमा जनचेतना फैलाउन जरुरी छ। पर्यटन व्यवसायले हाम्रो आर्थिक अवस्था सुधारमा मद्दत गर्नेछ भन्ने कुरा स्थानीयलाई बुुझाउनु जरुरी छ। त्यसकारण पूर्वाधार भनेको जुन ठाउँमा जे गर्दा त्यसको सम्भावना बढी हुन्छ, साथै सुरक्षित व्यवसाय हुन सक्छ त्यसै अनुुसार काम गर्नुपर्ने हुन्छ। यसका लागि नै हो विज्ञ व्यक्ति नेतृत्वमा आउनुपर्छ भनिएको हो। अर्थात् पूर्वाधार निर्माण भनेको ठाउँ अनुसार फरक–फरक भए पनि त्यसलाई विज्ञहरुको सुझावका आधारमा कार्यान्वयन गर्नु पर्दछ।
अब गर्नुपर्ने काम
नेपालको पर्यटन प्रबद्र्धन भनेकै नेपाल पर्यटन वोर्डले विभिन्न देशमा सञ्चालित मेला, महोत्सवमा ठूलो संख्यामा वोर्ड र मन्त्रालयका प्रतिनिधि सहभागी गराएर त्यसमार्फत गरिने प्रचार हो भन्ने बुुझाइ छ। यो शैलीको प्रचार र त्यसमा खर्च गरिने वजेटले कत्तिको उपलब्धि हासिल भएको छ त? मेरो अनुुभवमा यो शैलीको प्रचारको कुनै अर्थ छैन, तुरुन्त बन्द हुनुपर्दछ।
प्रचार प्रसार गर्ने सबैभन्दा प्रभावकारी माध्यम भनेकै आमसञ्चार हुन्। आमसञ्चारको विकास र विस्तारले गर्दा विश्व आज एउटा गाउँमा रुपान्तरण भइसकेको छ। त्यसैले हामी कुनै देश, महादेश लक्षित प्रचारको योजना बनाइरहेका छौं भने त्यहाँका सञ्चारकर्मीलाई हाम्रा पर्यटकीय क्षेत्रको भ्रमण गराएर उनीहरुको सञ्चार माध्यमबाट वढि भन्दा वढि प्रचार गराउँदा कम खर्चिलो र प्रभावकारी पनि हुन्छ।
यस विषयलाई पर्यटन वोर्डले गम्भीरतापूूर्वक लिएर साँच्चै विश्वमा नेपालको उपस्थिति गराउन चाहन्छ भने सन् २०२० मा हुने युरो कप र त्यसपछि हुने वल्र्ड कपजस्ता जस्ता ठूला प्रतियोगितामा उपस्थिति जनाएर प्रचार गर्न सकेमा त्यसबाट अझै बढी लाभ लिन सकिन्छ ।