मिस नेपाल अर्थ २०१८ प्रिया सिग्देलले शंखमूलस्थित अवेरनेस इन्टरनेसनल एकेडेमीमा अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेकी छिन्।
कक्षा ८,९ र १० का बिद्यार्थीहरु सम्मलित उक्त कार्यक्रममा नारी सशक्तिकरण र नेतृतव बिकासका लागि बिध्यार्थीहरुलार्इ आत्मविश्वासी बन्न सिकाइएको थियो। सिग्देलले बिद्यालयको वातारण कलबलाइ अझै क्रियाशील बन्न आग्रह गरेकी थिइन्।
कार्यक्रमको बारेमा प्रतिक्रिया दिंदै उक्त विद्यालय वातावरण क्लब कि अधक्ष्य दिलाशा सिंह ठकुरीले भनिन्,'प्रिया दिदिको आत्म बिश्वास, वाक कला र तर्क शैलीबाट एकदमै प्रभावित भएँ।