अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा सिवाकोटी चलचिलत्र ‘गोपी’ बाट अलग्गिएका छन्। छायांकन सुरु हुनु केही दिनमात्रै बाँकी छँदा अगेन्द्र र वर्षा चलचित्र ‘गोपी’ बाट अलग भएका हुन्। उनीहरु अलग भएपछि खगेन्द्रको स्थानमा अभिनेता विपिन कार्की र वर्षको स्थानमा वर्षा राउतलाई भित्र्याइएको छ।
आरोही फिल्मसले मंगलबार औपचारिकरुपमा खगेन्द्रको स्थानमा विपिनलाई भित्र्याएको जानकारी दिएको छ। चलचित्र ‘गोपी’ का निर्देशक दिपेन्द्र लामाले रचनात्मक मतभेदका कारण दुई पक्षबीचको समझदारीमै खगेन्द्र फिल्मबाट अलग भएको बताएका छन्। लामाले खगेन्द्र फिल्मबाट छुट्टिएपनि उनीसँग कुनै दुखेसो नभएको पनि बताएका छन्।
निर्देशक लामाले आधारातसम्म पटकथा पढेर फिल्मको मुख्य भूमिकामा अभिनय गर्न तयार भएकोमा अभिनेता विपिन कार्कीप्रति खुुशी व्यक्त गरेका छन्। उनीसँगै जोडिन आइपुगेकी वर्षा राउतलाई पनि उनले स्वागत गरेका छन्। कार्यक्रम गर्दै विपिनलाई खगेन्द्रको ठाउँमा अनुबन्ध गरेको जानकारी गराएको हो।
यसैगरी निर्माण टिमले वर्षा शिवाकोटीको ठाउँमा वर्षा राउतलाई खेलाउने निर्णय लिएको थियो। खगेन्द्रले छोड्नुअघि निर्माण टिमले वर्षा शिवाकोटीलाई पनि विदा गरेको थियो। सुरुमा अनुबन्ध भएकी वर्षाले सुनाएको कथा स्क्रिृप्टमा नआएको भन्दै अगत भएको बताइएको छ। कथाका लेखक सामीप्यराज तिमल्सेनाले भने वर्षाले पूरा स्क्रिृप्ट नपढी निर्णय लिएको बताए।
निर्माता मणिकर्ण केसीले कलाकार परिवर्तन हुने कुरालाई आफूहरुले सामान्य रुपमा लिएको बताएका छन्। भदौ ३ गतेबाट छायांकनमा जाने तयारीमा रहेको फिल्ममा विपिन र वर्षा राउतसँगै सुरक्षा पन्त, अंकित खड्का, भोला सापकोटा, रमेश अधिकारी, सरोज अर्याललगायत कलाकारको अभियन रहेनछ।
फिल्म चैत १५ मा प्रदर्शनमा आउने छ। फिल्मको कार्यकारी निर्माता श्रीधर पौडेल हुन् भने फिल्मको छायांकन शैलेन्द्र डि कार्कीले गर्नेछन्। फिल्मका गीतमा न्ह्यू बज्राचार्य, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहनेछ भने विप्लव प्रतीक र बुद्धि सागरका गीत समावेश छन्।