गीतकार एवं गायक सुनिल वर्देवाको सम्झनामा सुनोद श्रेष्ठले नयाँ म्युजिक भिडियो बजारमा ल्याएका छन्। श्रेष्ठले वर्देवाले संगित दिएको चर्चित गीत चुलेसीमाको भिडियो बजारमा ल्याएका हुन्।
सुनोद श्रेष्ठले निर्देशन गरेको भिडियोमा उनी आफै र मोडल एन्जिल श्रेष्ठको अभिनय रहेको छ। रिमेक गरिएको भिडियो अष्ट्रेलियाको मेल्बर्नमा छायांकन गरिएको हो।
´गीत आएको १८ वर्षपछि भिडियो रिमेक गरिएको हो। यसको उद्धेश्य आदरणीय सुनिल दाईको सम्झना हो´सुनोदले भने।
सुनोदले यसअघि विर्सन सक्दिन, सात समुन्द्र पारी लगायत आधा दर्जन गीतको भिडियो रिमेक गरेका थिए। श्रेष्ठ एस इभेन्टस एण्ड मल्टिमिडिया कम्पनी मार्फत नेपाली गीतसंगीत तथा चलचित्रको प्रवर्द्धनमा सक्रिय छन्।
भिडियो: