पूर्वप्रमुख जिल्ला अधिकारी भगिराज इङनामको ‘लिम्बु जातिको इतिहास’ पुस्तक बिमोचन गरिएको छ।
किराँत याक्थुम चुम्लुङको ३० औं बार्षिकोत्सवको अवसरमा पुस्तकको बिमोचन नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति बैरागी काइलाले गरेका हुन्।
ललितपुरस्थित चुम्लुङ भवनमा आयोजित विशेष समारोहमा आयोजित विशेष समारोहमा अन्वेषक इङनामले लेखेको पुस्तकमा बलदिप प्रभाकर राईले टिप्पणी गरेका थिए।
‘नवपाषण युगमा नै किराँतहरु गुफाहरु छाडेर घरमा बस्न थालेको यो पुस्तकले मानव शास्त्रीय दृष्टीकोणहरु देखाएको छ,’ राईले भने, ‘मानव इतिहासमा नै पहिलो घर बनाउने पाइजावाले बनाएको देखिन्छ, जुन इखाबुमा पर्छ, यस्तो दृष्टीकोण पुस्तकमा लेखिएको छ।’
प्राज्ञ बैरागीले लिम्बु जातिकाबारेमा एकमुष्ठ बुझ्नका लागि इङनामको पुस्तक उपयुक्त हुने बताए। साथै, याक्थुक चुम्लुङको केन्द्रीय कार्यालय, ललितपुरमा ३० औं वार्षिकोत्सवको अवसरमा लिम्बु र किराँतकाबारे उल्लेखित पुस्तकको विक्री तथा प्रदर्शनी राखिएको छ। भदौं १५ देखि सुुरु भएको प्रदर्शनी १७ गतेसमम चल्नेछ।