गायक अविनास घिसिङको लाइसेन्सको ठेक्का (डम्फू) बोलको गीत सार्वजनिक भएको छ। युट्युब मार्फत सार्वजनिक गरिएको गीतमा अविनाशसँगै गायिका मुना पाख्रिनले स्वर दिएकी छिन्।
गीतमा अविनास र मुनाकै शब्द तथा संगीत रहेको छ। गायक भरत सिटौलाको निर्देशनमा तयार भएको गीतको भिडियोलाई हाइलाइट्स नेपालले युट्युबमार्फत सार्वजनिक गरेको हो। गीतको म्युजिक भिडियोमा भने अविनाश र मान्सी लामाले अभिनय गरेका छन्।
राजिव समरको नृत्य निर्देशित भिडियो अनिल के. मानन्धरले छायांकन र सुप्रिम पराजुलीले सम्पादन गरेका हुन्। यसअघि घिसिङको ‘कलकत्ते काँइयो’ रिमिक्स गीतलाई धेरैले रुचाउनुका साथै दर्शकमाझ गीतले एकदमै चर्चा बटुलेको थियो।
भिडियाे हेर्नुस्: