रवि ओड नेपाल आइडल सिजन टु का विजेता बनेका छन् । आज (शुक्रबार) भएकाे फाइनल प्रतिस्पर्धामा उनी पहिलाे भएका हुन् । रविले २२ लाख र गोल्डेन माइक पाएका छन् । यस्तै, आइडलको फ्रस्ट रनरअप बिक्रम बराल भएका छन् ।उनले २० लाखको चेक पाएका छन् ।
यस्तै सेकेण्ड रनरअप सुमित पाठक भए । उनले पनि १२ लाख बराबरको चेक र ट्रफी पाएका छन् । थड रनरअप अर्थात् चौथो भने अस्मिता अधिकारी भइन् । उनले होन्डाको स्कुटर पाएकी छन् ।