अमेरिकाको न्यूयोर्कमा क्यान्सरको उपचार गराइरहेकी बलिउड अभिनेत्री सोनाली बेन्द्रेले आफ्नो छोरा रणवीरको १३ औं जन्मदिनका अवसरमा एक भावुक सन्देश पठाएकी छन् । क्यान्सरसँग जुधिरहेकी सोनालीले हार नमानीकन इन्स्टाग्राममा आफ्नो स्वास्थ्यका बारेमा अपडेट दिइरहेकी छिन् ।
उनले आफ्नो ह्याण्डिलमा लेखकी छन्, ‘रणवीर मेरो छोरा, मेरो चन्द्रमा, मेरो तारा र मेरो आकाश...ओके । म अलि बढी मेलोड्रामिटिक भएँ । तर तिम्रो १३ औं जन्मदिनमा यो सबै डिजर्भ गर्छ । वाऊ...अब तिमी टिनेजर भएका छौ, यो सत्य स्वीकार गर्न मलाई केही लाग्न सक्नेछ ।’
उनले अर्को सन्देशमा लेखेकी छन्, ‘म तिमीलाई भन्न सक्दिनँ कि मलाई तिमीमाथि कति गर्व छ भने । तिम्रो ह्युमर, तिम्रो शक्ति, तिम्रो माया र तिम्रो झगडा । ह्याप्पी, ह्याप्पी बर्थ डे । पहिलोपटक म तिम्रो बर्थडेमा सँगै भइनँ । तिमीलाई निकै धेरै मिस गरिरहेकी छु । धेरै–धेरै माया र बिग हग ।
स्रोत नवभारत टाइम्स
Ranveeeeer! My sun, my moon, my stars, my sky... Okay, maybe I'm being a bit melodramatic, but your 13th birthday deserves this. Wow, you're a teenager now... Will need some time to wrap my head around that fact. I can't tell you enough how proud I am of you... Your wit, your humour, your strength, your kindness, and even your mischief. Happy happy birthday, my not-so-little one. It's the first one that we're not together... I miss you terribly. Lots and lots of love always and forever.... biiiiig hug! @rockbehl
A post shared by Sonali Bendre (@iamsonalibendre) on