बिरा नाइन वान बियर ब्राण्डको वियर अब नेपाली बजारमा पनि प्रवेश गर्ने भएको छ ।
भारतमा अत्याधिक रुचाइएको बिरा नाइन वानका तीन स्वादहरु ह्वाइट, ब्लण्ड र स्ट्रङ नेपाली बजारमा उपलब्ध हुनेछन् ।
नयाँ विश्वको लागि सुस्वादिष्ट बियरहरु भन्ने मूल नारालाई पूरा गर्न कटिबद्ध बि नाइन वेभरेज प्रालिले नेपाली बजारमा तीन थरिका स्वाद भएका बियरहरु वितरण गर्नका लागि ग्लोबल ट्रेडिङ कन्सर्नसँग सहकार्य गरेको छ ।
यो वियरको बजार मुल्य ३ सय ३० रुपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ ।