आगामी असोज ५ र ६ गते हुने पोखरा उद्योग वाणिज्य संघको ३२ महाधिवेशनमा नेतृत्व हात पार्न व्यवसायीहरु टिम बनाएर चुनाबी मैदानमा उत्रिएका छन्। संघको ६४ वर्षको इतिहासमा पहिलोपटक व्यवासायीहरु राजनीतिक धारबाट चुनावी मैदानमा उत्रिएका हुन्।
कांग्रेस निकट प्यानलको नेतृत्व वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष रवीन्द्रबहादुर प्रजुले गर्ने भएका छन्। कम्युनिस्ट पक्षधर प्यानलको नेतृत्व वर्तमान महासचिव दामु अधिकारीले गर्ने आइतबार आयोजित पत्रकार सम्मेलनमा घोषणा गरियो।
अधिकारी प्यालनबाट वर्तमान कार्यसमिति सदस्य यदुनाथ अधिकारी वरिष्ठ उपाध्यक्ष, उद्योगतर्फको उपाध्यक्षमा गीता तिवारी र वाणिज्यतर्फको उपाध्यक्षमा यमनाथ पौडेलले उम्मेदवारी दिने भएका छन्। महासचिवमा किसान सुनार उठेका छन्।
कोषाध्यक्षमा प्रेम भुजेल, उपहासचिवमा सीता बरालको नाम सार्वजनिक गरिएको छ । यसैगरी सदस्यमा डिबी भुजेल, नारायण पौडेल, पवित्रा गुरुङ, तेजेन्द्र पौडेल, सोवित पौडेल, नगेन्द्र सुवेदी, चन्दा शर्मा, उमराज बास्तोला र रुद्र लुइँटेल उठ्ने भएका छन्।
यसैबीच,लोकतान्त्रिक प्यानलबाट वरिष्ठ उपाध्यक्ष रवीन्द्रबहादुर प्रजू नेतृत्वमा भोलि टोली प्यालन घोषा गरिदैछ।
वरिष्ठ उपाध्यक्षमा नारायण कोइराला, उद्योगतर्फको उपाध्यक्षमा बिन्दु कोइराला सुवेदी उठ्ने भएकी छन्। उनी वर्तमान समितिमा वाणिज्यतर्फकी उपाध्यक्ष हुन्। कोषाध्यक्ष पवन प्रजापतिले वाणिज्यतर्फको उपाध्यक्षमा उम्मेदवारी दिनेछन्।
यसैगरी वर्तमान उपमहासचिव अर्जुन पोखरेल महासचिव, कोषाध्यक्षमा सुरेन्द्र विजुक्छे, उपमहासचिवमा चिनु गुरुङ चुनावी मैदानमा उत्रदैछन्। सदस्यहरुमा मुना बास्तोला, ऋषिराम भण्डारी, केशव खत्री, शोभा गौतम, कृतिवल्लभ त्रिपाठी, दिनेश बास्तोला, वलराम आचार्य, रामेश्वर अधिकारी, वुद्धिबहादुर गहतराज र प्रेमराज गौतमको नाम पक्का भएको छ ।
संघको चुनाव विद्युतीय मतदान प्रणालीबाट गरिने भएको छ। जसले गर्दा मतदान सकिएको एक घन्टाभित्र सबै नतिजा आइसक्ने छ।