नेपाल इन्भेस्टमेन्ट बैंकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट शेयरधनीहरुलाई ४० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। जसमध्ये २२ प्रतिशत नगद लाभांश र १८ प्रतिशत शेयर दिइनेछ।
बैंकको गत असार मसान्तसम्म कायम चुक्ता शेयर पूँजी रु १० अर्ब ६४ करोड ५५ लाख ९९ हजार रहेको छ। उक्त चुक्ता शेयर पूँजीको १८ प्रतिशतले हुने रु. एक अर्ब ९१ करोड ६२ लाख सात हजार ८२० शेयर लाभांश शेयरधनीलाई वितरण गर्न लागिएको हो।
त्यस्तै उक्त चुक्ता पूँजीको २२ प्रतिशत अर्थात् दुई अर्ब ३४ करोड २० लाख ३१ हजार ७८० नगद लाभांश वितरण गर्न लागिएको हो।