भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नेपाल सरकारको लोगो भएको रेल खरिद गर्ने प्रक्रिया अघि बढाईएको जनाएको छ । आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दे भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सरकारले रेल खरिद गर्ने प्रक्रिया आगाडि बढाइसकेको दाबी गर्दै आगामी जनवरी १० सम्म त्यसकाे टुङ्गो लाग्ने बताए ।
जनकपुर जयनगर रेल सञ्चालनका लागी भाडामा नभई खरिद गरेर नै रेल चलाईने मन्त्री महासेठले बताए । उनले बर्दिवाससम्म निजगढसम्म बिद्युतिय रेल चल्ने दाबी गरे । त्यस्तै उहाले ४ महिनाभित्र सडक विभागले ८६ किमि कच्ची सडक निर्माण सम्पन्न गरेको बताए । विभागले सोही अवधिमा १ सय ६२ किमि सडकमा ९९ किमि सडकमा कालोपत्रे सम्पन्न गरेको छ ।
उक्त अवधिमा विभागले २५ वटा पुलको निर्माण सम्पन्न गरेको छ । यसैगरी मध्यपहाडी लोकमार्गको १४ किमि कालोपत्रे सम्पन्न भएको छ भने ३० किमि ग्राभेल तथा १४ वटा पुलको निर्माण कार्य सम्पन्न भएको मन्त्री महासेठले जानकारी दिए । कुल १ हजार ७ सय ९२ किमि हुलाकी राजमार्गमा ३२ किमि कालोपत्रे, २० किमि ग्राभेल निर्माण कार्य सम्पन्न भएको मन्त्री रघुवीर महासेठले बताए । उनले सरकारले यातायात क्षेत्रमा सिण्डिकेडलाई अन्त्य गरेपनि त्यसमा सफल नभएको जानकारी दिए ।
सिण्डिकेडलाई पूर्णरुपमा अन्त्य गर्नका लागी आवश्यक कानुन ल्याउने उनले बताए । मन्त्री महासेठले सरकारले चालू आर्थिक वर्षको पहिलो चौमासिकमा लिएका कामको लक्ष्य सन्तोषजनक रहेको दाबी पनि गरे ।