‘प्रधानमन्त्री यस्तो होस, जो जनताबाट चुनिएको होस्, कोही एक–दुई जनाले चाहेर मात्र प्रधानमन्त्री बनाउन नसकोस्, प्रधानमन्त्री हुन संसदबाट बहुमत सिद्ध गर्नुपर्छ,’ २६ अक्टोबरमा राष्ट्रपति मैत्रीपाला सिरिसेनाले संसदीय सर्वोच्चतालाई ‘बाइपास’ गर्दै निर्वाचित प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई अपदस्थ गरेपछि राजधानी कोलम्बोमा यस्तो सुनिए। सिरिसेनाले सबैलाई आश्चर्यचकित पार्दै आफ्नै पूर्व प्रतिस्पर्धी महिन्दा राजापाक्षेलाई गुपचुप रुपमा प्रधानमन्त्रीको सपथ दिलाएपछि त्यहाँको राजनीति गम्भीर मोडमा पुगेको छ ।
श्रीलंकामा यतिखेर एक राष्ट्रपति र दुई प्रधानमन्त्री छन्–विक्रमासिंघे र राजापाक्षे । अहिले पनि विक्रमासिंघले आफू नै प्रधानमन्त्री भएको बताउँदै आएका छन् भने राजापाक्षेले प्रधानमन्त्रीको रुपमा कार्यभार सम्हालिसकेका छन् । तर को सक्कली प्रधानमन्त्री हो भन्ने कुराको फैसला नोभेम्बर १६ मा संसद्मा हुने छ । संसदमा दुवैले बहुमत सिद्ध गर्नु पर्ने छ ।
श्रीलंकामा यतिखेर राजनीतिका मूख्य खेलाडीको रुपमा तीन जना रहेका छन् । राष्ट्रपति मैत्रीपाल सिरीसेना, महिन्दा राजपाक्षे र रनिल विक्रमासिंघे । राजपाक्षे श्रीलंकाको राजनीतिकका पुराना र मजबुत खेलाडी हुन् । पृथकतावादी समूह लिबरेशन टाइगर्स अफ तमिल ईलम (लिट्टे)लाई समाप्त पारेर राजपाक्षेले राजनीतिमा बलियो उपस्थिति जनाए् । उनी स्न २००५ देखि २०१५ सम्म श्रीलंकाको राष्ट्रपति पनि भए ।
२०१५को जनवरीमा भएको राष्ट्रपतीय निर्वाचनमा मैत्रीपाल सिरीसेनाले नै राजपाक्षेलाई पराजित गरेका थिए । दुवै एउटै पार्टी श्रीलंका फ्रिडम पार्टीमा थिए । तर दुवै जना चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । राजपाक्षेमाथि विभिन्न आरोप लगाएर चुनावी मोर्चामा उत्रिएका सिरीसेना जीत हात पार्दै श्रींलकाको राष्ट्रपति बनेका थिए ।
श्रीलंकाको राजनीतिलाई नजिबाट नियालेका वरिष्ठ पत्रकार वेंकट नारायणका अनुसार ‘२०१५ अघि सिरीसेना प्रधानमन्त्री बन्न चाहन्थो। तर राष्ट्रपति रहेका महिन्दा राजपाक्षेले वास्ता नै गरेनन्। यसबाट असन्तुष्ट बनेका उनले अर्को पार्टी युनाइटेड नेशनलका नेता रनिल विक्रमासिंघेसँग हात मिलाउन पुगे ।’
सिरीसेना र विक्रमसिंघे मिलेर चुनाव लडे । पार्टीले बहुमत ल्याए पछि सिरीसेना राष्ट्रपति भए र विक्रमासिंघे प्रधानमन्त्री बने । दुवैजनाबीच सुरुका दिनमा त निकै राम्रो सम्बन्ध रह्यो । तर त्यो धेरै दिन टिकेन । विक्रमासिंघे शहरी संभ्रान्त वर्गबाट प्रतिनिधित्व गर्ने र सिरीसेना ग्रामीण क्षेत्रबाट प्रतिनिधित्व गर्ने भएकाले उनीहरुका बीचमा द्वन्द्व देखियो ।
चुनावमा एक भएर उभिँदा सिरीसेनाले आफूहरु सत्तामा आएपछि राजपाक्षेले गरेका भ्रष्टाचारको पोल खोल्नेछौं भनेर भोट मागेका थिए । तर सत्तामा आएपछि त्यो काम गर्न सिरीसेना र विक्रमसिंघे दुवै असफल बने । त्यसको मूख्य कारण थियो प्रधानमन्त्री र राष्ट्रपतिका बीचमा देखिएको द्वन्द्व।
वरिष्ठ पत्रकार वेंकट नारायणका अनुसार १५ दिन अघिमात्रै सिरीसेना र विक्रमासिंघेका बीचमा असमझदारी बढेपछि एक अर्कासँग छुट्एिका थिए । मन्त्रिपरिषद् बैठकमा राष्ट्रपति सिरीसेनाले भने ‘एक भारतीय नागरिक जो ‘र’ को जस्तो लाग्छ उसले मेरो हत्या गर्ने प्रयास गरिरहेको छ।’ यति कुरा सुनिसकेपछि विक्रमासिंघेले कुनै पनि जाँचका लागि निर्देशन दिएनन् । अर्थात् कुरालाई गम्भीर रुपमा लिएनन् ।
सिरीसेना सत्तामा आएपछि भारतसँगको सम्बन्ध पनि सुमधुर भएन । केही दिन अघि श्रीलंकाका प्रधानमन्त्री विक्रमासिंघे भारत भ्रमणमा आएका बेला प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटे । भेट पछि उनले राष्ट्रपति सिरीसेनाको नाम नलिई एउटा बक्तव्य जारी गरे, ‘सिरीसेनाका कारण भारतले श्रींलकामा लगानी गरेन् ।’ तर सिरीसेनामाथि नै उनको आरोप थियो । त्यसपछि सिरीसेना विक्रमासिंघेलाई हटाएर महिन्दा राजपाक्षेलाई प्रधानमन्त्री बनाउने निर्णयमा पुगेका हुन् ।
वरिष्ठ पत्रकार वेंकट भन्नछन् ‘२०१५ को चुनावमा सिरीसेनाले भनेका थिए, राजपाक्षेलाई हटाउन म चुनाव लडिरहेको छु, एक कार्यकाल पछि म राष्ट्रपति पदमा दोहोरिन्नँ ।’ तर अहिले परिस्थीति फेरिएको छ । यस बीचमा राजपाक्षे र सिरीसेनाकाबीचमा नयाँ सम्झौता भएको हुने पनि अनुमान गरिएको छ । प्रधानमन्त्री राजपक्षे र अर्को कार्यकाल सिरीसेना राष्ट्रपति ।
अहिले राजपाक्षे वलियो स्थितिमा पनि पुगेका छन् । २०१५ को निर्वाचनमा नराम्रोसँग पराजित भएका उनको पार्टीले अहिले भएका प्रान्तीय चुनावमा राम्रो सफलता हासिल गरिरहेको छ । प्रान्तीय चुनाव यअसघि नै हुनुपर्नेमा प्रधानमन्त्री र राष्ट्रपतिका बीचको विवादका कारण समयमै हुन सकेको छैन । गत फेब्रुुअरीमा केही प्रान्तमा भएको निर्वाचनमा राजपाक्षेको पार्टीले जितेको थियो । त्यसैले राजपाक्षे चाहन्छन् बाँकी प्रान्तमा पनि चुनाव होस र त्यसपछि संसद्को चुनाव होस । राजपाक्षेलाई अहिले पनि लिट्टेलाई हराएकाले बौद्ध समूदायमा नायक जसरी सम्मान गरिन्छ ।
श्रीलंकामा अहिले सबैको ध्यान १६नोभेम्बरमा अडेको छ। त्यसदिन संसदमा दुवै प्रधानमन्त्रीको शक्ति प्रदर्शन हुने छ । अर्थात बहुमत सिद्ध गर्नुपर्ने छ ।
वर्खास्तमा परेको विक्रमासिंघेका समर्थक तथा डेमोक्रेटिक पार्टीका नेता शरथ फोनसेका राष्ट्रपतिको पछिल्लो कदमको विरोध गर्दै लोकतन्त्र विरोधी काम नर्गन चेतावनी दिन्छन् । बीबीसीसँगको कुराकानीमा फोनसेकाले भने ‘अहिले पनि डेमोक्रेटिक पार्टीको संसद्मा बहुमत छ। श्रीलंकाको संविधान अनुसार राष्ट्रपतिसँग सरकार भंग गर्ने अधिकार छैन्। राष्ट्रपतिले लोकतन्त्रविरोधी काम गरेका छन्।’
तर श्रीलंका फ्रिडम पार्टीका सांसद् अनुरा प्रियादर्शन यापा भने राष्ट्रपतिको कदमको स्वागत गर्छन् । उनी भन्छन् ‘विक्रमासिंघेका कारण हाम्रो देशको अर्थ व्यवस्था साह्रै दयनीय भएकाले राष्ट्रपतिले देशलाई जोगाउन पनि यो कदम चालेका हुन् ।’
श्रीलंकामा फेरिएको राजनीतिक समिकरणले विश्व समूदायको पनि ध्यान खिचेको छ । श्रीलंकाका नजिकका छिमेक चीन र भारतले राजनीतिलाई नियालीरहेका छन् । श्रीलंकामा चीनले ठूलै लगानी गरेको छ । भारतले पनि श्रीलंकाको विकासमा सहयोग गर्दै आए पनि श्रीलंकाको राजनीतिक व्यवस्थाअनुसार कहिले भारत र कहिले चीनसँग नजिक हुने गरेको छ । राजपाक्षेले एक पटक भनेका थिए, श्रीलंका भारतको भाइ हो, चीन साथी हो । लिट्टेविरुद्धको लडाईमा श्रीलंकाले भारतको साथ खोजेको थियो । त्यतिबेला भारतमा कंग्रेसको सरकार थियो । हतियार श्रीलंकाले मागे पनि गठबन्धन सरकार र भारत तमिल राजनीतिका कारण सहयोग गर्न सकेन ।
राजपाक्षेले चीन र पाकिस्तानबाट हतियार लिएर लिट्टेलाई परास्त गरेका थिए । यसैगरी श्रीलंकको हम्बनटोटा बन्दरगाह परियोजनामा भारतले लगानी गरोस भन्ने चाहना थियो तर भारतले इच्छा नदेखाएपछि चीनले सहयोग ग¥यो । अहिले पनि भारतमा एउटा डर छ राजपाक्षे सत्तामा आए भारतसँगको सम्बन्ध चिसिन्छ । तर वरिष्ठ पत्रकार वेंकटनारायण भन्छन्, ‘अहिले भारतमा भाजपाको सरकार छ, यस गठबन्धनमा तमिल पार्टीको कुनै भूमिका छैन। त्यसैले राजपाक्षे प्रधानमन्त्री भए तथा अर्को संसदीय निर्वाचनबाट आएमा उनले भारतको विपक्षमा काम गर्नेछैनन् । बीबीसीबाट