इन्डोनेसियाको समुद्रमा खसेको लायन एयसलाइन्स विमानको ब्ल्याक बक्स भेटिएको छ।
ब्ल्याक बक्स इन्डोनेसियाको समुद्री तटमा भेटिएको हो। गएको सोमबार उडेको १३ मिनेटपछि सम्पर्कविहीन भएको विमान दुर्घटनाको कारण अहिलेसम्म पत्ता लागेको छैन।
ब्ल्याक बक्समा विमानका गतिविधीहरु रेकर्ड हुने भएकाले अब दुर्घटनाको कारण पत्ता लगाउन सहज हुने अपेक्षा गरिएकाे छ।
दुर्घटनामा विमानमा सवार सबै १ सय ८९ जनाको मृत्यु भएकाे भनिए पनि धेरैको शव अझै भेटिएको छैन।