भारतको कर्नाटकमा केही दिनअघि मन्दिरको प्रसाद खादा १५ जनाको मृत्यु भएको घटनामा चार जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले मन्दिरका महन्त (पुजारी) सहित चार जनालाई पक्राउ गरेको हो।
घटनामा संलग्न भएको अभियोगमा महन्त पत्तडा इम्मादी महादेवस्वामी सहित एक महिला र अरु दुई जना उनका सहयोगीलाई नियन्त्रणमा लिइएको हो
कर्नाटकको चामराजनगर जिल्लामा भएको उक्त घटनामा १५ जनाको मृत्यु भएको थियो। अहिले पनि २० जनाको अवस्था गम्भीर रहेको छ। प्रहरीका अनुसार पकाइएको प्रसादमा १५ बोतल किटनाशक बिषादी हालिएको थियो।
अनुसन्धानमा संलग्न प्रहरी केवी शरतचन्द्रका अनुसार सन २०१७ सम्म उक्त मन्दिरमा महन्तको प्रभाव बढी थियो। तर मन्दिरलाई व्यवस्थित गर्न ट्रस्ट बनाउँदा उनको अधिकार कटौती भएपछि उनी खुसी थिएनन्। त्यसैले यस्तो घटना गराएर उनले ट्रस्टको बदनाम गर्न खोजेका थिए।