टर्कीमा ६ सय वर्ष पूरानो मस्जिदलाई सुरक्षितरुपमा २ किलोमिटर पर सारिएको छ । त्यहाँको सरकारले मस्जिद रहेको स्थानमा बाँध बनाउने भएपछि स्थानान्तरण गर्नु परेको हो । २५ सय टन क्षमताको मस्जिदलाई तीन भागमा बाँडेर रोबोटको सहायताले सारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । टर्कीको इयुबी मस्जिद हसनकेफ शहरमा थियो ।
त्यहाँ सरकारले चौथो ठूलो बाँध इलीसु बनाउन लागेको छ । त्यहाँका अधिकारीले बाँध बनाउँदा मस्जिद पनि डुब्ने रिर्पोट दिएका थिए । यसअघि उक्त मस्जिदको दुई भाग पहिला नै अन्यत्र सारिएको थियो । मस्जिद पर सार्न ३ सय पाङग्रा भएको शक्तिशाली रोबोट प्रयोग गरिएको थियो । मस्जिद न्यू कल्चरल पार्कमा सारिएको छ ।
हसनकेफका मेयर अब्दुलवहाप कुसेनले भने ‘बाँढी आउँदा ऐतिहासिक महत्वको मस्जिदमा क्षति नपुगोस् भनेर अन्यत्र सारेका हौं ।’ हसनकेफलाई १९८१ मा संरक्षित शहर घोषणा गरिएको थियो । त्यहाँ करिब ६ हजार गुफा पनि छन् ।