अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकको भ्रमण गरेका छन्
क्रिसमसका अबसर पारेर पूर्व निधारित कार्यक्रम विनै प्रथम महिला मेलानिया ट्रम्प सहित इराक पुगेका हुन्। क्रिसमसको दिन राति इराक पुगेको पुष्टि गर्दै ह्वाईटहाउसले त्यहाँ रहेका सैनिकलाई धन्यवाद दिन गएको पनि जनाएको छ।
ट्रम्प प्रशासनले मध्यपूर्वी क्षेत्रबाट अमेरिकी सैनिक हटाउने निर्णय गरेपछि आफ्नै देशमा चर्को आलोचना भइरहेका बेला इराक भ्रमणलाई अर्थपूर्ण रुपमा लिइएको बीबीसीले जनाएको छ।
राष्ट्रपति ट्रम्प र उनकी पत्नी मेलानिया एयरफोस वान विमानबाट इराकको राजधानी बगदादको पश्चिममा रहेको अल असदमा ओलिएका थिए। त्यहाँ उनले सैनिकहरुसँग करिब ३ घण्टा विताउँदा सैनिकहरुले सेल्फी लिएका थिए। इराकमा अहिले पनि ५ हजारको संख्यामा अमेरिकी सेना कार्यरत छन्।