रुसको माग्नितोगोर्स्क शहरको एक भवनमा नयाँ वर्ष मनाइरहेको बेला विष्फोट हुँदा कम्तीमा सात जनाको मृत्यु भएको छ। ३६ जना बेपत्ता भएका छन्। धेरै नै घाइते भएका छन्। ५० भन्दा बढीलाई उद्धार गरिएको छ।
१०० तले सो भवनमा ग्यास विष्फोट हुँदा ४८ वटा फ्ल्याट पूरै क्षतिग्रस्त भएका छन्। रुसी समाचार च्यानल वेस्तीले भवनको भग्नावशेषबाट ५० जनालाई उद्धार गरिएको प्रहरीलाई उद्धृत गर्दै जनाएको छ।
रुसको यो क्षेत्रमा न्यूनतम तापक्रम माइनस १७ डिग्री सेल्सियस रहेकाले पनि उद्धारमा समस्या देखिएको छ। उद्धारमा ढिलाइ भएमा मानवीय क्षति बढ्न सक्ने आशंका गरिएको छ। यो सहर मस्कोबाट ८ सय ७० माइल टाढा दक्षिणमा पर्छ।