आसन्न लोकसभा निर्वाचनका लागि उत्तर प्रदेशमा मायावती र अखिलेश यादवको पार्टीबीच तालमेल हुने भएको छ । मायावतीको बहुजन समाजवादी पार्टी र अखिलेशको समाजवादी पार्टीले ३७–३७ सिटमा तालमेल गर्ने तयारी गरेका छन् । त्यसको औपचारिक घोषणा भोलि शनिबार हुने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
गठबन्धन गर्ने विषयमा उनीहरुबीच गत शुक्रबार छलफल भएको थियो । भारतीय कांग्रेससँग मिलेर चुनावी गठबन्धन गर्ने विषयमा छलफल भए पनि दुवैले यसलाई अस्वीकार गरेका थिए । उनीहरुले अजीत सिंहको राष्ट्रिय लोक दल (आरएलडी) लाई पनि गठबन्धनमा सहभागी गराउने तयारी भने गरेको जनाइए पनि स्वतन्त्र पुष्टि भएको छैन ।
यसअघि उत्तर प्रदेशको गोरखपुर र फूलपुरमा भएको लोकसभा उप निर्वाचनमा समाजवादी र बहुजन समाजवादीले गठबन्धन सत्तारुढ दल भाजपालाई हराएका थिए । उपचुनावमा कांग्रेसपनि गठबन्धनमा सामेल भए पनि यसपटक भने सामेल नगराउने रणनीति बनाइएको छ।
उत्तर प्रदेशमा जम्मा ८० सिट छ । जसमा पछिल्लो चुनावमा भाजपाको गठबन्धनले ७३ सिट जित्दा, समाजवादी पार्टीले ५ तथा कांग्रेसले २ सिट जितेका थिए ।