मेक्सिको लागूऔषध तस्कर अल च्यापो गुजम्यानलाई अमेरिकाको अदालतले १० वटा आरोपमा दोषी ठहर गरेको छ ।
६१ वर्षिय जुज्म्यान कोकिन तथा हेरोइन तस्करीका साथै अवैध हतियार राखेको, मनि लाउन्ड्रिङ लगाएतका विभिन्न १० वटा आरोपमा दोषी ठहर गरेको हो । अमेरिकाको न्यूयोर्कस्थित संंघीय अदालतले गुजम्यानलाई दोषी ठहर गरे पनि सजाय भने सुनाएको छैन ।
अल च्यापोले मेस्सिकोको जेलबाट सुरुङ बनाएर भागेपछि सन् २०१६ को जनवरीमा गिरफ्तार भएका थिए । उनलाई २०१७ मा अमेरिका सुपुर्दगी गरिएको थियो । उनी अमेरिकामा लागूऔषध भित्र्याउने सबैभन्दा ठूला व्यक्ति भएको मानिएको छ । १९५७ मा एक किसान परिवारमा जन्मिएका गुजम्यान अफिम र गाँजा खेतीकाे काम गर्दै आएका थिए ।