विश्वकै सबैभन्दा लामो नङको विश्व रेकर्ड बनाएका भारतका श्रीधर चिल्लाल नामका व्यक्तिले अन्ततः नङ काटेका छन् । उनको नङ लामा हुन ६६ वर्ष लाग्यो, तर तिनलाई काटिसक्न एक मिनेट पनि लागेन । गिनिज बुकमा विश्वकै लामो नङ भएको व्यक्तिको रेकर्ड चिल्लालको नाममा छ ।
हाल ८२ वर्षका चिल्लाल १४ वर्षको उमेर हुँदादेखि नङ पाल्न सुुरु गरेका थिए । कक्षामा शिक्षकले पालेको नङ अचानक भाँचिएको बताएपछि उनमा पनि नङ पाल्ने भुत सवार भएको थियो । उनको सबै हातको नङ जम्माजम्मी २९ फिट १ इन्च लामो थियो । न्युुयोर्कको रिप्ले विलिभ इट अर नट संग्रहालयमा आयोजित एकजना प्राविधिकले सावधानीपुूर्वक नङ काटिदिएका थिए । सोही स्थानमा उनको नङ प्रदर्शनमा राखिनेछ ।