गैरआवासीय नेपाली संघ नाइजेरियाले नाइजेरियाको लेगोसमा दोस्रो पटक लेगोस राज्य रक्त संचार केन्द्र र रोटरी क्लब लेगोससंगको सयुक्त आयोजनामा यहि फेब्रुअरी २४ मा रक्तदान कार्यक्रमको आयोजना गरेको छ।
कार्यक्रममा केरला समाज नाइजेरिया र गुजरात समाज नाइजेरियाको समेतको सहभागिता रहनेछ। सय भन्दा बढी रक्तदाताले रक्तदान गर्ने संघका महासचिव रोशन थापाले जानकारी दिए।
रक्तदान कार्यक्रमले स्थानीय समुदायमा नेपाली र एनआरएनएको सामाजिक योगदानको पहिचान बढ्ने संघका अध्यक्ष बिश्वास पौडेलले बिश्वास व्यक्त गरेका छन्।