धूमपान गर्नु
धूमपान स्वास्थ्यका लागि हानिकारक त छँदैछ, खाना खानेबित्तिकै धूमपान गर्नबाट झन् बच्नुपर्छ । विशेषज्ञका अनुसार खाना खानेबित्तिकै धूमपान गर्नाले पाचनसम्बन्धी समस्या हुन्छ । जतिसुकै तलतल लागेपनि यसबाट बच्नुपर्छ । खाना खानेबित्तिकै धूमपान गर्नाले ग्यास्ट्रिक र एसिडिटीको समस्या हुन सक्छ ।
फलफूल नखानुस्
खानाको साथै या खाना खानेबित्तिकै फलफुल खाँदा सही समयमा पेटमा पुग्न पाउँदैन र आमाशयमा अड्कन्छ र पेटमा दुषित हुन थाल्छ । त्यसैले खाना खानुभन्दा कम्तीमा एक घण्टा अघि या खाना खाएपछि एक घण्टापछि मात्र फलफूल खानुपर्छ ।
चिया नपिउनुस्
चियापत्तिमा एसिड काफीमात्रामा पाइन्छ । यसले खानामा सामेल प्रोटिनलाई नष्ट गर्छ, जसका कारण खाना पचाउन निकै समस्या हुन्छ । यदि चियाको शौखिन हुनुहुन्छ भने खाना खाएको एक घण्टापछि मात्र चिया पिउनुस् ।
ननुहाउनुस्
खाना खानेबित्तिकै ननुहाउनुस् । तत्काल नुहाउनाले हात, खुट्टा र शरीरमा रगतको प्रवाह बढ्न थाल्छ । यसबाट पेटको चारैतिर रगतको मात्रा कम हुन्छ र पाचन प्रणाली कमजोर हुन्छ ।
नहिड्नुस्
हिड्नु स्वास्थ्यका लागि लाभदायी हुन्छ । तर खाना खानेबित्तिकै हिड्नु गलत मानिन्छ । यसबाट अपचको समस्या हुन्छ । एक अमेरिकी अनुसन्धानअनुसार खाना खाएको आधा घण्टापछि हिड्नु क्यालोरी खपत गर्ने राम्रो तरिका हो ।
तत्काल नसुत्नुस्
खाना खाएपछि तत्काल सुत्दा खाना पच्दैन, यसका कारण ग्यास र पेटमा इन्फेक्सनको समस्या पैदा हुन सक्छ ।
(यो जानकारीमात्र हो, कुनै स्वास्थ्य समस्या भए चिकित्सकको सल्लाह लिनुहोला)