नर्सिङ पढ्ने पुरुषको संख्या निकै न्यून रहेको छ। पर्याप्त प्रचार र भर्नाको समयमा सूचना सार्वजनिक नहुँदा नर्सिङ पढ्ने पुरुषको संख्या न्यून देखिएको हो। नेपाल नर्सिङ एसोसिएसनको तथ्यांकअनुसार ६० जना पुरुषले नर्सिङ अध्ययन गरिरहेका छन्। कलेजमा अधिकांश पुरुष नर्सको कोटा खाली छ। कुनै कलेजमा पुरुष नर्सको संख्या एक जना छ भने कुनैमा सात जनासम्म रहेको नर्सिङ परिषद्ले जनाएको छ।
३० वर्षपछि पहिलोपटक पुरुषका लागि नर्सिङ पढाइ सुरु भएको छ। तर, यस वर्ष सोचेअनुरूप पुरुषहरू अध्ययनका लागि भर्ना भएका छैनन्। २०४३ सालदेखि २०४६ सालसम्म १२० पुरुषले नर्सिङ अध्ययन गरेका थिए। चार ब्याचसम्म मात्र अध्ययन भएको सो समयमा ८० जना पुरुष नर्स जनशक्ति उत्पादन भएको थियो। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजमा चार ब्याचमा ती विद्यार्थी भर्ना भएका थिए।
नेपाल नर्सिङ काउन्सिलले चालू शैक्षिक सत्र २०७५-७६ देखि लागू हुने गरी १५ प्रतिशत पुरुषलाई नर्सिङ अध्ययनमा समावेश गराउने निर्णय गरेको थियो। नेपाल नर्सिङ काउन्सिलले चालू शैक्षिक सत्र २०७५-७६ देखि लागू हुने गरी १५ प्रतिशत पुरुषलाई नर्सिङ अध्ययनमा समावेश गराउने निर्णय गरेको थियो।
३० वर्षअगाडि भने १० प्रतिशत पुरुषलाई नर्सिङ अध्ययन गर्न कोटा छुट्याइएको थियो। पुरुषको नर्सिङप्रतिको आकर्षण घट्न थालेपछि पुरुष कोटा बन्द गरिएको थियो। राजधानीमा खबर छ।