फेसबुक, ट्विटर जस्ता चर्चित सामाजिक सञ्जालहरूसँगको प्रतिस्पर्धामा पछाडि परेको गुगल प्लस बन्द हुने भएको छ। गुगलको माउ कम्पनी अल्फाबेटले अबको १० महिनामा गुगल प्लस बन्द गर्ने घोषणा गरेको हो।
अबको १० महिनाभित्र गुगल प्लसको उपभोक्ता संस्करण बन्द गर्ने घोषणा ब्लगमार्फत गुगलले गरेको हो। उक्त ब्लगमा प्रयोगकर्ताको तथ्यांक सुरक्षाको कारण देखाउँदै गुगल प्लस बन्द गर्ने निर्णयमा पुगेको उल्लेख छ।
वालस्ट्रिट जर्नलका अनुसार २०१५ देखि २०१८ को बिचमा गुगल प्लसबाट कयौँ प्रयोगकर्ताहरूको व्यक्तिगत जानकारी चोरी भएको छ। तर, गुगलले भने गुगल प्लस बन्द गर्नुको मुख्य कारण कम प्रयोगकर्ता भएको दावी गरेको छ।