राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन जिल्ला कार्य समिति रामेछापले महिला विरुद्ध हुने हिंसा अन्त्यको माग गर्दै जुलुस सहित प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ।
सदरमुकाम मन्थलीको देवकोटा चोकबाट शुरु भएको नारा, जुलुस सहितको जुलुस जिल्ला प्रशासन कार्यालय अगाडि पुगेर धर्नामा परिणत भएको थियो।
धर्नापछि संगठनका प्रदेश नं. ३ की साँसद रिता माझी, केन्द्रीय सदस्यद्धय लालध्वज लामा र सरस्वती श्रेष्ठ, जिल्ला अध्यक्ष रामचन्द्र कँडेल, महिला संगठनका जिल्ला अध्यक्ष शान्ता भुजेल लगायतको प्रतिनिधिमण्डलले प्रजिअ कृष्णप्रसाद शर्मालाई ज्ञापनपत्र बुझाएको थियो।
उनीहरुले अपराधीलाई कुनै पनि बहानामा उन्मुक्ति नदिइ कानुनी कठघरामा ल्याएर कडा कारवाहीको माग राखेका छन् । महिला माथि हुने सबैखाले हिंसा अन्त्य गर्न सरकारका सम्पूर्ण परचालन गर्नुपर्नेमासरकारको ध्यानाकर्षण गराइएको सांसद माझीले बताइन्।