प्रदेश सरकारले बिजनेस दिन नसकेपछि करिब १ महिनापछि आज(बिहीबार) प्रदेश २ को प्रदेशसभाको बैठक बस्याे । १६ भदौपछि पहिलो पल्ट बसेको बैठक भने पाँच मिनेटमै सकिएको छ ।
बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले दुईवटा विधेयक प्रस्तुत गरेका छन् । उनले गाउँ र नगरसभा कानून निर्माण तथा करार कर्मचारी भर्ना सम्बन्धी बनेको विधेयक छलफलका लागि प्रदेशसभा बैठकमा प्रस्तुत गरेका छन् ।
प्रदेश सरकारले संसद सचिवालयमा प्रशासकीय कार्यविधि, सुशासन कायम गर्ने, प्रदेशसभा सचिवालय, मदर्सा बोर्ड गठन, यातायात व्यवस्थासहित ६ वटा विधेयक दर्ता गराएपनि बिहीबारको बैठकमा दुई विधेयकमात्र प्रस्तुत गरेको छ ।
शुक्रबार बिहान ११ बजेसम्म प्रदेशसभाको बैठक स्थगित भएको छ । शुक्रबार बस्ने बैठकमा दुबै विधेयक उपर छलफल शुरु हुने जनाइएको छ ।