श्रीलकामा फेरि राजनीतिक संकट गहिरिने भएकाे छ।
अक्टाेवर २७ तारिखमा प्रधानमन्त्री रानिल विक्रमसिंघेलार्इ बर्खास्त गरि पूर्व राष्ट्रपति महिन्दा राजपक्षेलार्इ प्रधानमन्त्रीकाे सपथ खुवाएपछि अहिले त्यहाँ २ जना प्रधानमन्त्री रहेका छन्।
वर्खास्तमा परेका प्रधानमन्त्रीले अहिले पनि अाफूनै प्रधानमन्त्री रहेकाे र संसदमा बहुमत सिद्द गर्ने बताएका थिए। संसद बैठक १४ तारिखका दिन बाेलाइएकाे थियाे। तर राष्ट्रपति मैत्रिपाल सिरिसेनाले संसद भंग गरेका छन्। प्रधानमन्त्रीलाई हटाउन सिरिसेनाले संसद नै भंग गरेका हुन्।
राजनीतिक संकट गहिरिँदै जाँदा पछिल्लो समय सिरिसेनाले श्रीलंकाको राजनीतिमा प्रत्यक्ष हस्तक्षप गर्दै आएका छन्। युनाइटेड नेसनल पार्टी ‘यूएनपी’का रानिल बिक्रामसिंगेलाई प्रधानमन्त्री पदबाट बर्खास्त गरेपछि श्रीलंकामा राजनीतिक संकट गहिरिएको हो।
बिक्रमसिंहेलाई प्रधानमन्त्री पदबाट बर्खास्त गरेपछि राष्ट्रपति सिरिसेनाले राष्ट्रपति पदका आफ्नै प्रतिद्वन्द्वि तथा पूर्व राष्ट्रपति महिंदा राजापक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए। यूनाइटेड नेसनल पार्टीले राष्ट्रपतिको त्यो कदम नियम विपरित भएको भन्दै आलोचना गरेको थियो।
यूएनपीले राष्ट्रपतिको त्यो कदम संसदले उल्टाइदिने भन्दै संसद बैठक बोलाउन आब्हान गरेको थियो। तर राष्ट्रपति सिरिसेनाले संसद नै भंग गरिदिएका छन्। उनले पुनः चुनाव गराउने आश्वासन दिएका छन्। आउँदो जनावरी ५ मा पुनः चुनाव गराउने राष्ट्रपतिले घाेषणा गरेका छन्।
राष्ट्रपति सिरिसेनाले शुक्रबार राति संसद भंग गरेको बताएका हुन्। तर त्यो विषयलाई त्यहाँको उच्च अदालतले उल्टिइदिन पनि सक्ने छ। यूएनपीका सांसदहरुले राष्ट्रपतिसँग संसद भंग गर्ने शक्ति नभएको जिकिर गरेका छन्।
यूएनपी पार्टीले राष्ट्रपतिको त्यो कदम गैरकानूनी रहेको र त्यो कदमलाई त्यहाँको उच्च अदालतले उल्टाइदिने विश्वास व्यक्त गरेको छ।